global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आदिवासी जनजाति अधिकार सुनिश्चित गर्न आग्रह (भिडियो सहित)

आदिवासी जनजाति अधिकार सुनिश्चित गर्न आग्रह (भिडियो सहित)

आदिवासी जनजाति अधिकार सुनिश्चित गर्न आग्रह (भिडियो सहित)

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका महासचिव विमल सारू मगरले आदिवासी तथा जनजाति समूदायको अधिकार सुनिश्चित गर्न विशेष नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडामा उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा समावेशी राज्य निर्माणमा नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आदिवासी तथा जनजातिको अधिकार संरक्षण र विशेष नैतिक, ऐतिहासिक तथा राजनीतिक जिम्मेवारी रहेको बताएका हुन् ।

‘नेपालको लोकतान्त्रिक आन्दोलन र समावेशी राज्य निर्माणमा नेपाली कम्युनिष्ट पार्टीको ऐतिहासिक भूमिका र योगदानलाई दृष्टिगत गर्दै आदिवासी र जनजातिको अधिकार सुनिश्चित गर्न तपाईँहरूको विशेष नैतिकता ऐतिहासिक र राजनीतिक जिम्मेवारी रहेको हाम्रो ठहर छ,’ उनले भने ।

महासचिव मगरले आदिवासी तथा जनजातिको हक-अधिकार, समानुपातिक प्रतिनिधित्व, शिक्षा, रोजगारी, भाषा तथा संस्कृतिको संरक्षण र निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विषयलाई पार्टीको स्पष्ट नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्न आग्रह गरे ।

‘आदिवासी र जनजातिको हक अधिकार समानुपातिक प्रतिनिधित्व शिक्षा, रोजगारी भाषा संस्कृति संरक्षण निर्णय प्रक्रियामा प्रभाव सहभागिता सुनिश्चित गर्ने विषयलाई पार्टीको स्पष्ट नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गर्दछौँ,’ उनले भने ।
उनले समावेशी लोकतन्त्रलाई सुदृढ बनाउन राज्यका सबै तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता आवश्यक रहेको पनि बताए ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु