काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

2.18K
shares

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य कारबाही गर्ने तयारीमा नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै बारम्बार कडा चेतावनी दिइरहेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार, क्युवा सरकारसँग प्रारम्भिक चरणको कूटनीतिक छलफल जारी छ । तर तत्काल सैन्य विकल्प सक्रिय रूपमा अघि बढाइएको छैन ।

राष्ट्रपति ट्रम्पले हालै ‘क्युबा अर्को लक्ष्य हुन सक्छ’ भन्ने टिप्पणी गर्दै, मध्यपूर्वमा तैनाथ अमेरिकी नौसैनिक जहाजहरू आवश्यक परे क्युबाबाट फर्किन सक्ने सङ्केत पनि दिएको थियो ।

यसैबीच, अमेरिकी पक्षले क्युबा सरकारलाई मानवीय सहायता स्वरूप लाखौँ डलरको सहयोग, सबै नागरिकका लागि दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा (स्टारलिङ्क), कृषि सहयोग तथा पूर्वाधार विकास सहायता जस्ता प्रस्तावहरू दिएको बताइएको छ । तर यी प्रस्तावहरू कडा सर्तहरूसहित भएकाले क्युबा सरकारले स्वीकार गर्ने सम्भावना कमजोर रहेको अधिकारीहरूको आकलन छ ।

अमेरिकी अधिकारीहरूले क्युबाले अहिलेसम्म प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार नगरेको तर धेरै सर्तहरूप्रति लामो समयदेखि असहमति जनाउँदै आएको बताएका छन् ।

यसैबीच, अमेरिकी ट्रेजरी र विदेश मन्त्रालयले क्युबामाथि नयाँ प्रतिबन्ध घोषणा गरेका छन् । विशेषगरी क्युबाली सेनाद्वारा सञ्चालित एक ठूलो व्यापारिक समूहमाथि कडा आर्थिक प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी अधिकारीहरूले कूटनीतिक ढोका अझै खुला रहेको बताए पनि राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्न सक्ने र सैन्य विकल्पहरू पूर्ण रूपमा नहटाइएको स्पष्ट गरेका छन् ।

यस घटनाक्रमले अमेरिका–क्युबा सम्बन्ध पुनः तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ भने अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ ।