global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चीनमा एआई प्रविधिद्वारा सुँगुर पालनमा आधुनिक क्रान्ति

चीनमा एआई प्रविधिद्वारा सुँगुर पालनमा आधुनिक क्रान्ति

चीनमा एआई प्रविधिद्वारा सुँगुर पालनमा आधुनिक क्रान्ति

काठमाडौं । चीनको मध्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगले सुँगुर पालन व्यवसायमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । हेनान प्रान्तको एक छ तले आधुनिक फार्ममा करिब ८४,००० सेन्सरहरू जडान गरिएका छन्, जसले सुँगुरहरूको स्वास्थ्य र विकासको निरन्तर अनुगमन गर्छन् ।

यो प्रविधिले वार्षिक १ लाख पाठाहरूको उत्पादन र करिब २१ लाख सुँगुरहरूलाई बजारका लागि तयार पार्ने लक्ष्य राखेको छ । यस एआई प्रणालीले फार्मभित्रको तापक्रम, आद्र्रता र दानाको मात्रालाई स्वचालित रूपमा नियन्त्रण गर्दछ । स्वास्थ्य समस्याको पहिचान गर्ने र प्रत्येक सुँगुरको वृद्धिदर विश्लेषण गर्ने क्षमता यस प्रणालीमा रहेको छ ।

कृषकहरूले मोबाइल एपको माध्यमबाटै फार्मको सम्पूर्ण तथ्याङ्क हेर्न र मेसिनहरूलाई निर्देशन दिन सक्छन । जसले गर्दा परम्परागत खेती प्रणालीको तुलनामा श्रम र समयको ठूलो बचत भएको छ ।

तथ्याङ्कअनुसार चीनमा हरेक वर्ष ७० करोडभन्दा बढी सुँगुरहरू मासुका लागि खपत हुने गर्छन् । यस्तो विशाल मागलाई पूरा गर्न र उत्पादनको गुणस्तर सुनिश्चित गर्न चीनले पछिल्लो समय स्मार्ट फार्महरूमा जोड दिइरहेको छ । प्रविधिको यो प्रयोगले कृषि क्षेत्रलाई आधुनिक र औद्योगिक रूप दिँदै उत्पादन क्षमतामा उल्लेख्य वृद्धि ल्याएको छ ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु