global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु

दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु

दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु

काठमाडौँ ।दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०६२’ सुरु भएको छ ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । यही वैशाख २८ गतेसम्म चल्ने सो मेलाको यहाँस्थित विभिन्न देशका राजदूत र उद्योगी व्यवसायीहरुले संयुक्तरुपमा उद्घाटन गरेका छन ।

इन्ट्रोडक्शन ट्रेड शोज नेपालको व्यवस्थापनमा सुरु उक्त मेला बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरोको सहकार्यमा सञ्चालन भएको हो । मेलालाई भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ ।

विभिन्न देशको ‘पेभिलियन’राखिएको सो मेलामा सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी व्यवसायी तथा एक लाख बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ । प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवद्र्घन र व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने विश्वास राखिएको छ ।

प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्यवस्तु, तयारी पोशाक र सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण, विद्युतीय सवारी साधनलगायतका सामग्री राखिएको मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।

प्रदर्शनीले उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन, तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार तथा विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई मजबुत बनाउने सघाउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु