गृहपृष्ठ राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्रमा अस्थायी ‘होल्डिङ सेन्टर’
राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान केन्द्रमा अस्थायी ‘होल्डिङ सेन्टर’
काठमाडौँ। खानेपानी मन्त्रालय मातहतको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रलाई अस्थायी ‘होल्डिङ सेन्टर’ का रूपमा प्रयोग गरिने भएको छ ।
काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकलाई अस्थायी रूपमा व्यवस्थापन गर्न करिब १०० जना अट्ने क्षमतासहित उक्त केन्द्रलाई आजदेखि होल्डिङ सेन्टरका रूपमा सञ्चालनमा ल्याइएको हो ।
सहरी विकास मन्त्रालयको अनुरोधअनुसार खानेपानी मन्त्रालयले केन्द्र खाली गराउन निर्देशन दिएको र सोही निर्देशनअनुसार आजदेखि तालिम केन्द्र खाली गरिएको केन्द्रका कार्यकारी निर्देशक एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “विस्थापितमध्ये करिब १०० जनालाई अस्थायी रूपमा राख्नुपर्ने माग आएपछि तालिम केन्द्रका कार्यक्रम स्थगित गरी स्थान खाली गरिएको हो । विस्थापित भएकालाई आजदेखि यहाँ राखिने भनिएको छ ।”
प्रकाशित समय : १६:५७ बजे


















