global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बराल

कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बराल

कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बराल

गण्डकी । गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य प्रकाश बरालले पाएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा, ११ को उपधारा १ बमोजिम उनलाई नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

बराल यसअघि सचेतकको जिम्मेवारीमा रहनुभएको थियो । यसअघि प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने रहेकामा उनले ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो ।

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु