global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका क्रममा भेटिएको शव डिएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको छ ।

पर्यटन विभागले आज विज्ञप्ति जारी यही वैशाख १५ गते पहिचान नखुलेको मानव शव फेला परेको जनाएको छ ।

विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सो शवलाई विभाग, नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहयोगमा हेलिकप्टरमार्फत लुक्ला हुँदै काठमाडौँ ल्याइएको जानकारी दिए ।

महानिर्देशक लामिछानेले पहिचान खुल्न नसकेको उक्त शवलाई हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको बताए ।

विभागले विगतमा सगरमाथा क्षेत्रमा आरोहणका क्रममा बेपत्ता भएका स्वदेशी वा विदेशी आरोही तथा सहयोगी कामदारका बारेमा कुनै जानकारी भएमा विभागमा उपलब्ध गराउन पर्वतारोहण सञ्चालक सङ्घ र ट्रेकिङ एजेन्सीलाई आग्रह गरेको छ ।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु