global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

दाङ । घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बनेका छन । उनले पाँच बिघा जमिनमा गोलभँेडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दैआएका छन ।

यतिखेर चापागाईंको बारीमा गोलभेँडा लटरम्म फलेका छन् । जमिनमा फरकफरक प्लटमा छुट्टाछुट्टै खेती गरेका छन । त्यहाँ लटरम्म फलेका गोलभेँडा तथा तरकारी देख्दा त्यहाँ पुग्ने जोसुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ किसान ६२ वर्षीय चापागाईं । पसिना र पौरखले लहलह छन् उनको बारीमा धेरै तरकारी । व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रुपमा चिनिन सफल हुन चापागार्इ ।

चापागाईंको तरकारीखेती यो क्षेत्रकै एक नमुना बनेको छ । उनले ती प्लटमा झल्किने हरियाली र लटरम्म फलेका गोलभेँडा कतै पाकेका, केही पाक्ने तयारी र केही बतेला लागेका छन् । त्यस्तै खुर्सानी, सिमी, बोडी, काँक्रालगायत तरकारी फलेका छन् । यही गोलभेँडाले चापागाईंँलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रुपमा स्थापित गर्न सफल धेरै मेहनत गरेका छन । कसानका लागि एक सफलताको उदाहरण बन्न सफल भएएका छन ।

विसं २०७५ मा रु चार लाखको लगानीमा जमिन भाडामा लिएर तरकारीखेती सुरु गरेको चापागार्इले बताएका छन । अहिलेसम्म तरकारीखेतीमा नै कम्तीमा रु २० लाख बढी लगानी गरेको चापागाईं बताएका छन । उनले अर्काको जमिन भाडामा लिएर सबैभन्दा बढी उन्नत जातका गोलभेँडा, अरु विभिन्न जातका बेमौसमी तरकारीखेती गरिरहेका छन ।

चापागाईंले वार्षिक प्रतिकट्ठा तीन हजारका दरले जम्मा हुने रकम भाडा तिर्छन । उनको कृषि फारममा अहिले ६ जनाले रोजगारी पनि पाएका छन् । उनी भन्छन, “सबै खर्च कटाएर वार्षिक रुपमा १२ लाखसम्म बचत गर्न सकेको छु ।” उनकी श्रीमती पनि यहीखेतीमा पूर्ण रुपमा लागेका छन । दुई छोरा भने रोजगारीका लागि जिल्ला बाहिर छन् ।

प्रकाशित समय : ०५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु