गृहपृष्ठ प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव
प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम अगाडि बढाइरहेको बताएको छ ।
आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन दलहरूबीच कुनै मतभिन्नता नरहेको र सरकारले आफ्नो गतिमा जनपक्षीय काम गरिरहेको बताए ।
मुख्यमन्त्रीयादवले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन र आगामी आर्थिक वर्षमा उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी योजना छनोटमा सरकारको ध्यान रहेको उल्लेख गरे ।
कांग्रेस मधेस प्रदेश सभापतिसमेत रहनुभएका मुख्यमन्त्री यादवले नेपाली कांग्रेसभित्र कुनै प्रकारको विमति नभएको पनि स्पष्ट पारे।
प्रकाशित समय : १९:१४ बजे




















