global ime bank Long Banner Ad

गृहपृष्ठ बराहतालमा पाठेघरको क्यान्सर जाँच शिविर, २४५ जनाको स्वास्थ्य परीक्षण

बराहतालमा पाठेघरको क्यान्सर जाँच शिविर, २४५ जनाको स्वास्थ्य परीक्षण

बराहतालमा पाठेघरको क्यान्सर जाँच शिविर, २४५ जनाको स्वास्थ्य परीक्षण

सुर्खेत । बराहताल गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेको छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शनिबार बराहतालको कुनाथरी र लेकगाउँका महलाहरूलाई केन्द्रित गरी गरिएको स्वास्थ्य शिविरमा २४५ जनाले पाठेघरको मुखको क्यान्सरसहित स्तन क्यान्सर, फिस्टुला, लगायतका रोगहरूको परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

शिविर शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मी पुनले पाठेघरको क्यान्सर महिलाहरूको ठुलो स्वास्थ्य समस्याका रूपमा देखिएकाले समस्या लुकाउँदा गम्भीरता बढ्दै जाने भएकोले नियमित जाँच गराउन आग्रह गरिन् । क्यान्सर हुनुअघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै उपाध्यक्ष पुनले पालिकाले निःशुल्क शिविर सञ्चालन गरेको बताइन् ।

निःशुल्क शिविरको लाभ पालिका बासी सबै महिलाहरूले लिन सके क्यान्सर ‘पोजिटिभ’ पाठेघरको क्यान्सर पीडित भएर बस्न नपर्ने बताइन् ।

कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डाक्टर लोकराज कँडेलले महिलाहरूले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताए । बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षण गर्नु पर्नेमा उनले जोड दिए । कुना थरीका १२५ जनाको स्वास्थ्य जाँच गरिएकोमा ११९ जनाको पाठेघरको क्यान्सर जाँचका लागि एचपिभी डिएनएको नमुना संकलन गरिएको बताइएको छ ।

त्यस्तै लेक गाउँमा १२० जनाको स्वास्थ्य जाँच गरिएकोमा १०८ जनाको तन क्यान्सर, फिस्टुला जाँच गरिएको र संकलन गरिएका नमुना कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताइएको छ ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु