global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने चेतावनी दिएका छन् । ट्रम्पले पाम बिचेस डिनरको फोरम क्लबमा बोल्दै क्युबामा प्रशस्त समस्याहरू रहेकाले उक्त कदम चाल्नुपर्ने बताएका हुन् । ‘क्युबालाई लगभग तुरुन्तै कब्जा गर्नेछौं। क्युबामा समस्याहरू छन्। हामी पहिले समाप्त गर्नेछौं,’ उनले भने।

यसअघि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘क्युबा सरकारको नीति, अभ्यास र कार्यहरूले अमेरिकाको लागि असामान्य र असाधारण खतराको रूपमा निरन्तरता दिइरहेका छन्। यी नीति, अभ्यास र कार्यहरू स्वतन्त्र र लोकतान्त्रिक समाजको नैतिक र राजनीतिक मूल्यमान्यताहरू प्रतिकूल पनि छन्।’ क्युबाली सरकारले डोनाल्ड ट्रम्पले लगाएको नयाँ प्रतिबन्धहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ । ‘क्युबाली जनतामाथि सामूहिक दण्ड’ लगाउने उद्देश्यले एकतर्फी जबरजस्ती गरिएको’, क्यूबाले जनाएको हो ।

क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले भने,‘अमेरिकी प्रयासहरु बाह्य प्रकृतिका छन् र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन गर्ने किसिमका छन् । अमेरिकालाई क्युबा वा तेस्रो देश वा संस्थाहरू विरुद्ध प्रतिवन्द लगाउने कुनै अधिकार छैन ।’ ह्वाइट हाउसले क्युबाप्रतिको आफ्नो नीतिलाई थप कडा बनाउने संकेत गरेको केही घण्टापछि यो टिप्पणी आएको हो। यसअघि शुक्रबार ट्रम्पले क्युबाली सरकारमाथि प्रतिबन्धहरू विस्तार गर्न आदेश दिएका थिए । (एएनआइ)

Published Time: 14:01 PM

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु