गृहपृष्ठ बुद्धजयन्तीः भक्तजनद्वारा पूजाअर्चना
बुद्धजयन्तीः भक्तजनद्वारा पूजाअर्चना
मकवानपुर । पच्चीस सय सत्तरीऔँ बुद्धजयन्तीको उपलक्ष्यमा हेटौँडा उपमहानगपालिका–३, ४, ५, ९, १०, १२, १३ र १९ स्थित बौद्ध विहारमा क्रमशः आज धार्मिक भक्तजनहरुले पूजा अर्चना गरेका छन् ।
यसैगरी भक्तजनहरुले आज हेटौँडामा छुट्टाछुट्टै शोभा यात्रा समेत आयोजन गरेका छन् । भक्तजन सांस्कृतिक झाँकी, बाजागाजासहित बुद्धको तस्बिर साथमा लिएर पैदल -यालीमा सहभागी भएका थिए । स्थानीय पदमपोखरी, कमलडाँडा, पशुपतिनगर, राप्तीरोड, मनकामना चोक, रातोमाटे र हर्नामाडी बुद्ध विहारमा पुगेर उनीहरुले पूजाअर्चना गरेका थिए ।
बुद्ध जयन्तीको उपलक्ष्यमा मकवानपुरको थाहा नगरपालिका तथा आठ गाउँपालिकाको विभिन्न स्थानमा रहेका बौद्ध विहारमा भक्तजनले उपवास बसेर आज बौद्ध परम्पराअनुसार पूजाअर्चना गर्ने र साँझ दीपावली गर्ने योजना छ ।
प्रकाशित समय : १३:०७ बजे




















