nmb bank

गृहपृष्ठ दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा । यहाँको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलङ्कीमा निर्माणाधीन ‘डाइभर्सन’मा को२प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ ठोक्किँदा उराँव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु