nmb bank

गृहपृष्ठ तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

तिलागुफालाई धुँवामुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान थालेको छ । सुधारिएको चुलो वितरण अभियानले वर्षौंदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका महिलाहरुको स्वास्थ्यमा सुधार आउने जनाइएको छ ।

अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब तीन हजार २०० घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगरले जनाएको छ । नगरपालिकाका ११ वटामध्ये वडा नं ७ को छाप्रे गाउँमा मात्रै सुधारिएको चुलो वितरण गर्न बाँकी रहेको छ रहेको जनाइएको छ ।

‘धुवाँका कारण लाग्ने श्वासप्रश्वास तथा आँखासम्बन्धी रोगबाट ग्रामीण क्षेत्रका महिलालाई जोगाउन मद्दत पुग्नेछ,ग्रामीण जीवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा योगदान पु-याउने नगरपालिकाको विश्वास छ ।

यसअघि नै नगरपालिकाका–१, २, ३, ४, ५, ६, ८, ९, १० र ११ मा सुधारिएको चुलो वितरण गरी सकिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित समय : ०६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु