nmb bank

गृहपृष्ठ नेपाल युएई टी–२० सिरिज भोली

नेपाल युएई टी–२० सिरिज भोली

नेपाल युएई टी–२० सिरिज भोली

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपालले विश्वकपअघि संयुक्त अरब इमिरेट्स (युएई) सँग अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ ।

नेपाल र युएईबिच वैशाख ७ र ८ गते सिरिज हुन लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिरिजको तयारी पूरा गरिसकेको छ । त्रिवि मैदान कीर्तिपुरमा हुने सिरिज फ्लडलाइटमा हुने छ ।

यससँगै नेपालमा रातको समयमा पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । यसअघि क्यानले घरेलु मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) फ्लडलाइटमा खेलाएको थियो ।

क्यानले पहिलो पटक टी–२ क्रिकेटको कप्तान छुट्टै बनाएको छ । क्यानले युएईसँगको टी–२० सिरिजका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको हो ।

नियमित कप्तान रोहितकुमार पौडेललाई कार्यबोझ व्यवस्थापनका लागि आराम दिइएकाले ऐरीलाई टी–२० टोलीको जिम्मेबारी सुम्पिएको पनि क्यानले जनाएको छ ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु