nmb bank

गृहपृष्ठ बालेन शाह विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा

बालेन शाह विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा

बालेन शाह विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं । चर्चित अमेरिकी म्यागजिन टाइमले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सन् २०२६ को विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।

प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन् । र्याप संगीतबाट राजनीतिमा आएका ३५ वर्षीय शाहलाई युवा विद्रोहको प्रतीक र शक्तिशाली उदीयमान नेताका रूपमा टाइमले चित्रण गरेको हो ।

अप्रिल १५ मा सार्वजनिक गरिएको यस प्रतिष्ठित सूचीमा शाहको उदयलाई दक्षिण एसियाको पुरातन र वंशवादी राजनीतिको कडा जवाफ भनिएको छ ।

टाइम म्यागजिनले के भन्यो ?
टाइमले बालेनको प्रोफाइलमा लेखेको छ, ‘गत चैतमा बालेनको जित त्यस्तो समयमा भयो, जब जेन–जी पुस्ताले भ्रष्टाचार र पुरानो राजनीतिक शैली विरुद्ध देशभर प्रदर्शन गरिरहेको थियो । जसले आफ्नो इमान बेच्छन उनीहरूका लागि पैसा रूखमै फल्छ भन्दै र्याप गाउने यी इन्जिनियरले काठमाडौंको मेयरका रूपमा देखाएको कार्यक्षमताले नै उनलाई आज ३ करोड नेपालीको नेतृत्व गर्ने स्थानमा पुर्याएको छ ।’

म्यागजिनले उनलाई टुपाक शाकुर र ५० सेन्ट जस्ता अमेरिकी र्यापरहरूको भक्तका रूपमा उल्लेख गर्दै उनले स्थानीय तहमा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा गरेको सुधारलाई राष्ट्रिय स्तरमा लैजान सक्नेमा विश्व समुदायको चासो रहेको बताएको छ ।

फागुन २१ (मार्च ५) मा भएको आम निर्वाचनमा बालेनको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा १८२ सिटसहित ऐतिहासिक जित हासिल गर्यो । बालेनले झापा–५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै सबैलाई स्तब्ध पारेका थिए ।

पुरानो पुस्तालाई विस्थापन र सुशासनको स्थापना भन्ने नाराका साथ अघि बढेको रास्वपाले स्थापनाको तीन वर्षमै सत्ताको बागडोर सम्हाल्न सफल भएको हो ।

नयाँ पुस्ताको आशा
बालेनले कुनै समय सामाजिक सञ्जालमा लेखेका थिए । ‘नयाँ हुन् वा पुराना, सबै राजनीतिज्ञहरू चोर हुन् ।’ टाइम म्यागजिनले आफ्नो रिपोर्टको अन्त्यमा भनेको छ, ‘अहिले समस्त नेपालीहरू उनी आफैंले लेखेको त्यो भनाइलाई आफैंले गलत साबित गरुन् भन्ने आशामा छन् ।’

टाइमको यो सूचीमा विश्वका चर्चित कलाकारहरू लुक कोम्ब्स, केके पाल्मर र जेनी लगायतका हस्तीहरू पनि समावेश छन् । यो सम्मानले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई विश्व मञ्चले निकै गम्भीरताका साथ नियालिरहेको स्पष्ट पारेको छ ।

 

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु