nmb bank

गृहपृष्ठ मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

म्याग्दी । धवलागिरि गाउँपालिका–५ मल्कवाङमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

कुल ५४ लाख ३६ हजार ४२ को लागतमा निर्माण भएको आयोजनाबाट ८९ वटा धारामार्फत घरघरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको हो । ८६ निजी घर, विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालयमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रासबहादुर छन्त्यालले जानकारी दिए ।

उनका अनुसार नेवा संस्थाको २६ लाख ९९ हजार ८४, गाउँपालिकाको १९ लाख २५ हजार १११ लगानी भएको योजना निर्माणका लागि उपभोक्ताले एक लाख ५७ हजार ९३० नगद लगानी र छ लाख ५३ हजार ९१७ बराबरको श्रमदान गरेका छन् ।

मल्कवाङमा यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । आँगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ । धवलागिरि गाउँपालिका–५ को मल्कवाङ, मलम्पार र भेडिखाल्टा टोलका एक सय ८५ घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको वडाध्यक्ष अमर छन्त्यालले बताए ।

 

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु