गृहपृष्ठ प्रधानमन्त्री कप : आज दुई खेल हुँदै
प्रधानमन्त्री कप : आज दुई खेल हुँदै
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज (वैशाख १) वाग्मती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्दै छन् ।
खेलमा वामग्ती सुखद नजितासहित लिग अन्त्य गर्न जित निकाल्ने लक्ष्यमा हुनेछ । वाग्मतीको प्रतियोगिताको अन्तिम खेल पनि हो । आठ अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको वाग्मतीले आाठ खेल खेल्दा समान चार जित र हार व्यहोरेको छ ।
लुम्बिनी पनि राम्रो नतिजासहित लिग अन्त्य गर्न जित निकाल्ने लक्ष्यमा हुनेछ । लुम्बिनीले यो प्रतियोगितामा अब दुई खेल खेल बाँकी छ । सात अंकका साथ तालिकाको सातौँ स्थानमा रहेको लुम्बिनी प्रदेशले सात खेल खेल्दा समान तीन जित र हार हासिल गरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो ।
यी दुईबीचको खेल जनकपुरको रामजानकी बुहदेश्यीय रंगशालामा बिहान ९:३० बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेश पनि भिड्दै छन् । प्रतियोगिताको अन्तिम खेल खेल्न लागेका यी दुवै जितसहित प्रतियोगिता टुंग्याउने लक्ष्यमा हुनेछन् ।
गण्डकी सात अंकका साथ तालिकाको आठौँ स्थानमा छ । गण्डकीले आठ खेल खेल्दा तीन जित र चार हार आत्मसाथ गरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो ।
कर्णाली भने तीन अंकका साथ तालिकाको नवौँ स्थानमा छ । कर्णालीले आठ खेल खेल्दा एक जित र ६ हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो । यी दुईबीचको खेल वीरगञ्जको नारायणी क्रिकेट मैदानमा बिहान ९:३० बजे हुनेछ ।
प्रकाशित समय : १०:१३ बजे



















