गृहपृष्ठ कार्ल्सबर्ग गल्फ क्लासिक सम्पन्न, कर्बिर तामाङ बने विजेता
कार्ल्सबर्ग गल्फ क्लासिक सम्पन्न, कर्बिर तामाङ बने विजेता
काठमाडौं । कार्ल्सबर्ग गल्फ क्लासिक कोर्स प्रतियोगिता सम्पन्न भएको छ । गोर्खा ब्रुअरी प्रालिद्वारा आयोजित गल्फ कोर्स यही अप्रिल १०–११ सम्म चलेको थियो । प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए ।
प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फर्म्याटमा तीन/चार ह्यान्डिक्यापका आधारमा खेलाइएको थियो । पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बनेका छन् । अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनर–अप भए ।
बेस्ट ग्रस विनरको उपाधि हरिबहादुर थापा ले ३५ स्कोरसहित जिते । महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् । यस्तै, तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनर–अप रहिन् ।
सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनर–अप बने । सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणिलाल थापा विजेता बने ।
महिलातर्फ सिनियर (६० वर्षमाथि) मा देवी पुलामी तथा सुपर सिनियर (७० वर्षमाथि) मा सन्ध्या राई विजेता बनेका छन् ।
विशेष विधातर्फ हरिबहादुर थापाले होल नम्बर १२ मा ‘होल इन वन’ गर्दै प्रतियोगिताको विशेष आकर्षण बने । मस्ट बर्डिज अवार्ड कर्बिर तामाङ ले चार बर्डीसहित जिते । त्यस्तै, लंगेस्ट ड्राइभमा सरोज थापा, क्लोजेस्ट टु द पिनमा खिम गौचन तथा स्पोर्ट्सम्यानसिप प्राइज ब्रिगेडियर जनरल शशिकिरण रायमाझीले प्राप्त गरे ।
प्रकाशित समय : १४:५९ बजे


















