global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ फिस टेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

फिस टेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

फिस टेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पोखरा । लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेक्स।इड पोखरा स्थित फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लज प्रा.लि तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस महर्जन बाट सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरिए । लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विषेश छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन ।

यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु