global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

सङ्घीयता सबलीकरण समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् ।

मंगलबार समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको बैठकले नेपाली कम्युनिस्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो ।

ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एक मात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

उनले भने, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव प्राप्त भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १ सय ५० को उपनियम ४ बमोजिम माननीय सदस्य जयन्तीदेवी राई यस सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु