global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलबार व्यापारी जयराज र उहाँका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी गर्नुभएको थियो ।

जेल जीवन बिताइरहेका उनीहरुलाई प्रहरी अधिकारीहरूले क्रूर यातना दिएर हत्या गरेको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार मोबाइल पसल चलाउने उनीहरूलाई कोभिड–१९ महामारीको समयमा लकडाउनका क्रममा अनुमति दिइएको समयभन्दा बढी समय आफ्नो पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो ।

उनीहरुको हत्या पछि तमिलनाडु सरकारले मुद्दा सीबीआईमा हस्तान्तरण गरेको थियो भने सीबीआईले ९० दिनभित्र नौ अधिकारी विरुद्ध आरोपको अनुसन्धान गरेको जनाइएको छ ।

सुनुवाइका क्रममा, सीबीआईले ५० जनाभन्दा बढी साक्षीको जाँच गरेको उल्लेख गर्दै घटनाले जन–भावनामा खेलबाड गरेको भन्दै कडा सजायको सुनिश्चित गरेको तर्क दिएको छ ।

हत्यामा संलग्न नौ जना अभियुक्तलाई हत्या र प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ ।

भारतमा पछिल्लो पटक बसमा एक महिलाको सामूहिक बलात्कार र हत्या गरेको आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको थियो । रासस

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु