global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ । तनहुँमा बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन् । यही वैशाख १६ र १७ गते सञ्चालित शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाँटीको क्यान्सरलगायत रोगको परीक्षण गरिएकामध्ये बीस जनामा क्यान्सर देखिएको हो ।

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाले जानकारी दिँदै उनहरूको थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको बताए ।

नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना, व्यास नगरपालिकाको आर्थिक सहयोग, बिपी कोइराला क्यान्सर अस्पतालको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

रेडक्रस सोसाइटी सामाजिक संस्था भएकाले तनहुँ, कास्की र लमजुङ जिल्लाका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाका सभापति प्रमोद न्यौपानेले जानकारी दिए । उनले भने, “दश वर्षपछि लाग्ने रोग आजको परीक्षणबाट थाहा हुने भएकाले शिविर महत्त्वपूर्ण र फलदायी भएको विश्वास गरिएको छ ।”

प्रकाशित समय : ०६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु