nmb bank

गृहपृष्ठ जिल्ला नगरमा पकड जमाउँदै चन्द्र ढकाल–हेमराज समुह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

जिल्ला नगरमा पकड जमाउँदै चन्द्र ढकाल–हेमराज समुह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

जिल्ला नगरमा पकड जमाउँदै चन्द्र ढकाल–हेमराज समुह, ५ मध्ये ४ प्रदेश अध्यक्ष निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा जिल्ला नगरतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहको पकड बलियो देखिएको छ । पछिल्लो समय ५ वटा महासंघ प्रदेशको निर्वाचन भएकोमा ४ जना प्रदेश अध्यक्षहरु सो समुहबाट निर्वाचित भएसँगै उक्त समुह बलियो देखिएको हो । आजसम्म महासंघ प्रदेशको सम्पन्न भएको ५ वटा अधिवेश मध्ये उक्त समुहबाट ४ प्रदेश अध्यक्ष चयन भएका हुन् । जस अनुरुप गण्डकीमा उक्त समुह नरेश कँडेल सर्वसम्मतीमा अध्यक्ष भएका हुन् । उक्त प्रदेशको शुक्रबार अधिशन सम्पन्न भएको थियो ।

यसैगरी मधेशबाट बिजय साह र कर्णालाीबाट धनबहादूर ओली सर्वसम्मतीमा निर्वाचित भएका हुन् । तर लुम्विनी प्रदेशमा भने वरिष्ठ उपाध्यक्ष अञ्जन तथा आगामी वरिष्ठ उपाध्यक्षका प्रत्यासी सुरकृष्ण वैद्य समुहबाट अध्यक्ष निर्वाचित भएका हुन । यसैगरी आईतबार सम्पन्न कोशी प्रदेशको निर्वाचनमा पनि चन्द्र–हेमराज ढकाल समुहबाट राजेन्द्र बहादूर राउत भारी मतान्तरले विजयी भएका छन् । उनले खसेको कुल मतमध्ये ७० प्रतिशतभन्दा बढी मत ल्याएर बिजयी भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ प्रदेश अध्यक्षहरु भुमिका महत्वपूर्ण हुन्छ । हालसम्म ५ वटा प्रदेशको अध्यक्ष चयन भएकोमा ४ वटा प्रदेशको अध्यक्ष चन्द्र–हेमराज समुहबाट हुँदा त्यसले आगामी निर्वाचनमा ठूलो महत्व राख्ने छ ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु