गृहपृष्ठ गरिमा सुवर्ण योजनाको इकाई बाँडफाँट सम्पन्न
गरिमा सुवर्ण योजनाको इकाई बाँडफाँट सम्पन्न
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवद्र्धन तथा गरिमा क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक र व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष “गरिमा म्युचुअल फण्ड” अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” को इकाई बाँडफाँट सम्पन्न भएको छ ।
प्रतिइकाई मूल्य १० रुपियाँ दरका कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई २०८२ फागुन २८ गतेदेखि चैत ११ गतेसम्म सार्वजनिक रूपमा निष्कासन तथा बिक्री खुला गरिएको थियो ।
उक्त अवधिमा बीज पूँजीसहित १ लाख ६ हजार ७९४ आवेदकबाट ७१ करोड ५७ लाख ८३ हजार २ सय रुपियाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३ सय २० इकाई खरिदका लागि आवेदन परेको थियो, जुन मागभन्दा बढी हो ।
प्राप्त आवेदनमध्ये १ सय ७० आवेदकका ४१ हजार इकाईका आवेदन नियमअनुसार नभएकाले अस्वीकृत गरिएका छन् । बाँकी १ लाख ६ हजार ६ सय २४ आवेदकबाट ७१ करोड ५३ लाख ७३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ३७ हजार ३ सय २० इकाईका लागि रीतपूर्वक आवेदन परेको थियो । सोही अनुसार चैत २२ गते आइतबार बिहान ९ बजे कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा बसेको बैठकले मागअनुसार नै इकाई बाँडफाँट गरेको हो ।
प्रकाशित समय : १७:३६ बजे



















