global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन ।

उनी शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तावक गरेका थिए । प्रताव गर्दै लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए ।

साथै सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।
समर्थक समेत रहेका रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले अर्याललाई शुभकामना दिँदै कार्यपालिका र व्यवस्थापिकाको भूमिकामा अर्याल अनुभवी रहेको विश्वास व्यक्त गरे । अर्याललमा शालिन समन्वयकारी भूमिका रहेकाले अगामी संसद लाभान्वित हुने उनको भनाई छ ।

शुभकामना दिँदै उनले भने, ‘कार्यपालिका र व्यवस्थापिकाको जुन भूमिका हुन्छ त्यसमा उहाँ अनुभवी हुनुहुन्छ । उहाँले यो गरिमायय पद, संसदको अभिभावको रुपमा बडो जिम्मेवारी पूर्वक भूमिका निभाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं । शालिन समन्वयकारी भूमिका छ उहाँमा । आगामी संसद लाभान्वित हुनेछ ।’

प्रकाशित समय : १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु