गृहपृष्ठ रिज्वीको आक्रामक ब्याटिङ, मुम्बईमाथि दिल्लीको ६ विकेटको सानदार जित
रिज्वीको आक्रामक ब्याटिङ, मुम्बईमाथि दिल्लीको ६ विकेटको सानदार जित
Sameer Rizvi of Delhi Capitals play a shots during Match 8 of the TATA Indian Premier League 2026 between Delhi Capitals and Mumbai Indians at Arun Jaitley Stadium, Delhi, India, on April 4, 2026.
Photo by Surjeet Yadav / CREIMAS for IPL
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शनिबार भएको रोमान्चक भिडन्तमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा समीर रिज्वीको विष्फोटक ब्याटिङको मद्दतले दिल्लीले मुम्बईले दिएको १६३ रनको लक्ष्य ११ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । मुम्बईका लागि कार्यवाहक कप्तान सूर्यकुमार यादवले ३६ बलमा ५१ रनको योगदान दिए । त्यस्तै, ओपनिङमा आएका रोहित शर्माले २६ बलमा ३५ रन जोडे भने नमन धिरले २८ रन बनाए । दिल्लीका बलर मुकेश कुमारले धारिलो बलिङ गर्दै ३ ओभरमा २६ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएका थिए ।
१६३ रनको लक्ष्य पछ्याएको दिल्लीले सुरुवाती झड्का व्यहोरे पनि मध्यक्रममा समीर रिज्वीले खेलको नक्सा नै बदलिदिए । रिज्वीले मात्र ५१ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै ९० रनको म्याच विनिंग इनिङ खेले । उनलाई पाथुम निसान्काले ४४ रन बनाएर दह्रो साथ दिए । अन्त्यमा डेभिड मिलरले अविजित २१ रन बनाउँदै १८.१ ओभरमा टोलीलाई जित दिलाए ।
प्रकाशित समय : १९:४६ बजे




















