global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पाकिस्तानी जेलबाट रिया भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

पाकिस्तानी जेलबाट रिया भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

पाकिस्तानी जेलबाट रिया भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिया भएका १५५ जना अफगान कैदीहरू सुरक्षित रुपमा स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

बन्दीहरूले स्वदेश फिर्ता तथा व्यवस्थापनको सहयोगका लागि आ–आफ्नो गृह प्रान्तमा जानु अघि सीमा नाकाम नै आवाश्यक सहायता प्राप्त गरीसकेको मन्त्रालयले जनाइएको छ ।

यस अघिको विज्ञप्तीमा, पाकिस्तानमा बन्दी बनाइएका करिब ४२६ जना अफगान कैदीहरूलाई गत हप्ता आफ्नो मातृभूमिमा फिर्ता पठाइएको उल्लेख गरिएको थियो ।

अफगानीस्तानमा व्याप्त द्वन्द्व र असुरक्षाका कारण अनुमानित ६० लाख अफगानीहरू विदेशमा बस्ने गरेको जनाइएको छ । जस मध्ये अधिकाशं छिमेकी मुलुक इरान र पाकिस्तानमा रहेको उल्लेख छ ।

अफगान सरकारले पछिल्लो समयमा विदेशमा रहेका आफ्ना नागरिकहरूलाई देशको पुनः र्निर्माणमा योगदान गर्न तुरुन्त स्वदेश फर्कन बारम्बार आग्रह गरेको छ ।

 

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु