global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाल बैंक लिमिटेडद्वारा सातै प्रदेशमा ‘स्मार्ट मनि टक’ अभियान सम्पन्न

नेपाल बैंक लिमिटेडद्वारा सातै प्रदेशमा ‘स्मार्ट मनि टक’ अभियान सम्पन्न

नेपाल बैंक लिमिटेडद्वारा सातै प्रदेशमा ‘स्मार्ट मनि टक’ अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले चैत ०२ गतेदेखि २०८२ चैत ०८ गतेसम्म Smart Money Talks भन्ने मूल नाराका साथ सातै प्रदेशका आफ्ना शाखाहरूमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

यो अभियान संसारभरका युवा पुस्तामा वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले हरेक वर्ष आयोजना गरिने एक अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

यस वर्षको Global Money Week अन्तर्गत नेपाल बैंक लिमिटेडका सातै प्रदेश स्थित शाखाहरुले उत्साहजनक सहभागिता जनाएका थिए । सो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थी, युवा तथा सर्वसाधारण नागरिकहरूलाई बचत, लगानी, डिजिटल बैंकिङ, ऋण व्यवस्थापन र वित्तीय योजना सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रमका मुख्य गतिविधिहरूमा स्थानीय विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता अभिमुखीकरण कक्षाहरू तथा बैंकिङ सेवाको बारेमा जनचेतना अभियान, डिजिटल भुक्तानी प्रणालीको प्रयोगात्मक प्रशिक्षण, बचत खाता खोल्ने विशेष अभियान र महिला तथा युवा उद्यमीहरूका लागि उद्यमशीलता सम्बन्धी कार्यक्रम, प्रभातफेरी, हाजिरी जवाफ प्रतियोगिता, विशेषज्ञ समूह छलफल Panel Discussion जस्ता कार्यक्रमहरु आयोजना गरिएका थिए।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु