गृहपृष्ठ टीभीएसको नयाँ वर्ष अफर ‘नयाँ वर्षको निरन्तर यात्रा’ सार्वजनिक
टीभीएसको नयाँ वर्ष अफर ‘नयाँ वर्षको निरन्तर यात्रा’ सार्वजनिक
काठमाडौं- नयाँ वर्ष २०८३ को सुखद अवसरमा टीभीएस (TVS) मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूका लागि विशेष उत्सव अफर “TVS सँग नयाँ वर्षको निरन्तर यात्रा” सार्वजनिक गरेको छ। ग्राहकहरूलाई थप मूल्य, दैनिक पुरस्कार र सहज खरिद अनुभव प्रदान गर्ने लक्ष्यका साथ यो आकर्षक योजना ल्याइएको हो।
यस नयाँ वर्ष अफरअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न अतुलनीय लाभहरू प्राप्त गर्नेछन्। योजनाअनुसार प्रत्येक दिन भाग्यशाली ग्राहकले ५ वर्षसम्मका लागि निःशुल्क पेट्रोल जित्ने सुनहरा मौका पाउनेछन्। यसका साथै, ग्राहकहरूले दैनिक रूपमा अधिकतम ५ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकको सहजतालाई ध्यानमा राख्दै कम्पनीले मात्र २,९६७ रुपैयाँबाट सुरु हुने न्यूनतम मासिक किस्ता (EMI) सुविधा समेत उपलब्ध गराएको छ।
अफर सार्वजनिक गर्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ वर्षलाई नयाँ सुरुवातको समयका रूपमा चित्रण गर्दै यस योजनामार्फत ग्राहकको यात्रालाई अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य राखिएको बताए । उनले यो विशेष प्रस्ताव केवल लाभ मात्र नभई ग्राहकप्रतिको दीर्घकालीन सन्तुष्टि र सहजता प्रदान गर्ने प्रतिबद्धताको प्रतीक भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना समेत व्यक्त गरे ।
त्यसैगरी, जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक रौनियारले कम्पनी सधैं ग्राहक केन्द्रित र नवीन प्रस्तावहरू ल्याउन प्रतिबद्ध रहेकोबताए। उनका अनुसार यो अफर नगद, एक्सचेन्ज र फाइनान्स गरी तीनै माध्यमबाट खरिद गर्ने ग्राहकका लागि उपलब्ध छ। कम्पनीले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरमा उत्कृष्ट मूल्याङ्कन (Valuation) प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ। यस अफरमार्फत टीभीएसले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विश्वसनीयता र प्रदर्शनमा आधारित उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
प्रकाशित समय : १५:२८ बजे




















