global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ महत्वपूर्ण उपलब्धी हासिल गर्दै रासस अध्यक्ष झाले दिए राजीनामा

महत्वपूर्ण उपलब्धी हासिल गर्दै रासस अध्यक्ष झाले दिए राजीनामा

महत्वपूर्ण उपलब्धी हासिल गर्दै रासस अध्यक्ष झाले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । सोमबार कार्यकारी अध्यक्ष झाले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

झा २०७९ असार ७ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । उनले ०७९ असार १२ गतेदेखि कार्यभार ग्रहण गरेका थिए ।

कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् ।

सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै झाले कार्यकालमा आफूले संस्थाको सवोत्तम हितमा काम गरेको बताएका छन् ।

‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवद्र्धनका दिशामा कृयाशील रहँदै आएको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् ।

झाले देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गरेको उल्लेख गर्दै भनेका छन्, ‘नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु ।’

आफूले नैतिकताको दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानेर पदबाट राजीनामा गरेको बताएका छन् ।

झाले गरेका केही कामहरु :
– तीन मातृभाषासहित पाँच भाषामा समाचार सम्प्रेषण सुचारु ।

–संघीय सरकारको सहयोगमा २०७९ मा निर्माण प्रारम्भ भएको चितवनको भरतपुरमा राष्ट्रिय तालिम केन्द्र भवनको निर्माणकार्य अन्तिम चरणमा ।

–कैलालीको धनगढीमा प्रदेश सरकारको सहयोगमा राससको जग्गामा सुदूरपश्चिम सञ्चार विकास केन्द्र निर्माणका लागि डिपिआर बनेको छ भने प्रदेश सरकरबाट टेण्डर आव्हान गरिएको छ ।

–झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज र कास्कीको पोखरास्थितस्थित राससको जग्गामा बहुउदेश्यीय भवन निर्माणका लागि क्रमशः कोशी, मधेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिएको छ र पछिल्लो समयमा यी प्रदेश सरकारलाई ससहयोगका लागि पुनः पत्राचार गरिएको ।

–लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रको अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ मा राससको प्रदेश कार्यालय निर्माणका लागि जग्गाप्राप्तिको प्रक्रिया अगाडी बढेको छ ।

–लोकसेवा आयोगको सुझावमा राससको विद्यमान कर्मचारी विनियमावली संशोधनको प्रक्रिया प्रारम्भ गरिए पनि करिव डेढ वर्षपछि २०८२ पुसमा मात्र यो संशोधनको प्रक्रियाले अन्तिम रुप लिएको ।

–आव २०८०/८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा २०८१ कात्तिक १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा घोषित परिणमअनुसार रासस मन्त्रालयमातहतका निकायमध्ये उत्कृष्ट घोषित हुन सफल ।

–कार्यालय व्यवस्थापन तथा सुशासन ः राससका कार्य सम्पादनलाई थप व्यवस्थित र प्रभावकारी तरिकाले सञ्चालन गर्न विगतको अवस्थामा सुधार गर्दै केही नयाँ प्रक्रिया र प्रयास अवलम्बन गर्ने प्रयास गरियो ।

–नयाँ भवनबाट कार्यारम्भ : राससको सिंहदरबार भद्रकाली प्लाजास्थित नवनिर्मित भवनको प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ साउन ११ गते उद्घाटन सम्पन्न भयो ।

–कार्यालय पोशाक : कार्यालय समयमा सबै कर्मचारीहरुले सेतो सर्ट, नेभी ब्लु रङकोे प्यान्ट र कोटसहितको पोशाक अनिवार्यरुपमा लगाउनुपर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको छ ।

–विद्युतीय हाजिरी संयन्त्र : हाल केन्द्रीय र प्रदेश कार्यालयमा विद्युतीय हाजिरी संयन्त्र जडान गरी हाजिरी प्रणालीलाई व्यवस्थित गरिएको छ । सिफ्टमा काम गर्ने कर्मचारीका लागि समेत अनिवार्य आगमन उपस्थिति र बहिर्गमन जनाउनुपर्ने व्यवस्था गरिएको छ । पछिल्लो समयमा विराटनगर, जनकपुर, बुटवल, हेटौँैडा, धनगढी र सुर्खेतस्थित प्रादेशिक कार्यालयमा पनि प्रणाली जडान गरी विद्युतीय हाजिरीको व्यवस्था मिलाइएको छ ।

–नागरिक बडापत्र र गुनासो पेटिका : सुशासन ऐन कार्यान्वयनमा जोड दिइएको छ । यस ऐनअनुसार हाल कार्यालय परिसरमा नागरिक बडापत्र राखिएको छ ।

–जिन्सी तथा अन्य सम्पत्तिको अनुगमन : राससको देशभर रहेका प्रादेशिक तथा जिल्ला कार्यालय र केन्द्रीय कार्यालयमा रहेका जिन्सी तथा अन्य सम्पत्तिको अनुगमन, अध्ययन तथा परीक्षणको प्रक्रिया प्रारम्भ गरिएको छ ।

–उच्च व्यवस्थापन समूहको बैठक : विगतमा वोर्ड बैठक र आवश्यकतानुसार अन्य बैठकमात्र बस्ने गरेको राससमा हाल महिनाको दुई पटक उच्च व्यवस्थापन समूहको बैठक बस्ने परम्पराको प्रारम्भ गरिएको छ ।

–वार्षिक प्रगति समीक्षा बैठक : राससका वार्षिक प्रगतिमाथि कर्मचारी–पत्रकारका सहभागितामा आव ०८०/८१ र ०८१/८२ दुई वर्ष समीक्षा बैठक सम्पन्न भएको छ ।

–कार्यसम्पादन सम्झौता : विगत तीन आर्थिक वर्षदेखि अध्यक्ष–महाप्रबन्धक, महाप्रवन्धक–नायब महाप्रवन्धक र नायब महाप्रबन्धक–विभागीय प्रमुखबीच कार्यसम्पादन सम्झौता भइआएको छ ।

–समावेशी नीतिको कार्यान्वयन् : व्यवस्थापनले राससलाई समावेशी बनाउने नीति लिएअनुरुप समाचार सामग्री निर्माण तथा सम्प्रेषण र जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण प्रयास गरिएको छ ।

–खानपानी सेवाको व्यवस्थापन : विगत १० वर्षदेखि अवरुद्ध रहेको खानेपानी संस्थानको खानेपानी सेवालाई हाल सुचारु गरिएको छ ।

–बैठक भत्ता निरुत्साहन, खाजा खर्चमा कटौती : अहिले कार्यालय समयपछि हुने बैठक सञ्चालन व्यवस्थामा सुधार गरेर बैठकभत्ता वितरणको प्रक्रियालाई निरुत्साहित गरिएको छ ।

–उजुरी पेटिकाको व्यवस्था : सुशासनसम्बन्धी ऐन २०६३ कार्यान्वयन्का सन्दर्भमा ऐनमा व्यवस्था भएअनुसार सबैले देख्ने गरी उजुरीपेटिकाको व्यवस्था गरी रासससँग सरोकार राख्न खोज्ने सबैका लागि सहज व्यवस्था निर्माणको अभ्यास प्रारम्भ गरिएको छ ।

–सिसि टिभिको विस्तार : पहिला कार्यालयमा सीमित संख्यमा मात्र सिसि टिभि हुँदा यसले सम्पूर्ण आवश्यकताको सम्बोधन गर्न सकेको थिएन । पछिल्लो समयममा कार्यालयको प्रत्येक कोठालाई लक्षित गरेर प्रत्येक तलामा यो टिभिको व्यवस्था गरिएको छ ।

–महिला तथा बालबालिका कक्ष : राससलाई महिला तथा बालमैत्री बनाउने सम्भव भएसम्मको प्रयास गरिएको छ ।

–अपागंमैत्री कार्यालय भवन : राससको केन्द्रीय कार्यालय बहुतले भवनमा व्यवस्थित भएको वास्तविकताका आधारमा यस कार्यालय भवनको उपयोग गर्न अपांगसमेतलाई अनुकूल हुनुपर्ने यथार्थलाई आत्मसात गरिएको छ ।

–निर्देशिकाका आधारमा मात्र स्ट्रिंगर नियुक्ति र नवीकरण ः स्ट्रिंगर समाचारदाता नियुक्ति र नवीकरणका लागि सञ्चालक समिति बैठकबाट निर्देशिका स्वीकृत गरी लागू गरिएको छ ।

–पारिश्रमिक पुनरवलोकन : आलेख अनुवाद, श्रव्यदृश्य क्लिपको पारिश्रमिक पुनरवलोकन गरिएको छ ।
–निर्वाचन आयोगसँगको हातेमालो : निर्वाचन आयोगबाट निर्वाचनका सन्दर्भमा सहकार्यका आधारमा सहयोगवापत प्राप्त हुने रकममा निरन्तर वृद्धि हुन सकेको छ । २०७९ को निर्वाचनपश्चात राससलाई आयोगबाट २ वटा गाडी पनि प्राप्त भयो भने २५ लाख आर्थिक सहयोग प्राप्त हुन सक्यो । २०८२ को निर्वाचनका सन्दर्भमा रु ३० लाख रकम प्राप्तिको सुनिश्चित हुने गरी २०८२ माघ २० गते समाचार उत्पादन र सम्पेषणसम्बन्धी आयोग र राससबबीच सम्झौता भयो ।

–गुगलसँग सहकार्यको खोजी : इन्टरनेटमा आधारित विश्वचर्चित सर्च इन्जिन गुगलसँग पनि राससले आफ्ना पत्रकारको क्षमता अभिवृद्धिका लागि सहकार्यको खोजी गरेको छ र केही भए पनि सफलता प्राप्त भएको छ ।

–प्रदेश र स्थानीय सरकारसँगको सहकार्यको नीति : आफ्नो समुन्नति र विकासका लागि संघीय सरकारको सहयोगमा मात्र निर्भर हुने अवस्था नरहेको यथार्थबारे राससलाई हेक्का छ । यस पृष्ठभूमीमा राससले प्रदेश सरकार र स्थानीय तहसँग सहकार्यका लागि हातेमालोको प्रस्ताव अघि सार्ने नीति लिएको छ ।

–प्रेस काउन्सिलसँग सहकार्य : प्रेस काउन्सिलसँग सहकार्य गरी राससबाट प्रेषित समाचारको अनधिकृत प्रयोगमाथि नियन्त्रण गर्ने प्रयास जारी छ । साथै विज्ञापन बोर्डसँग पनि सहकार्य गरिएको छ ।

–प्यान र भ्याटमा दर्ता : आर्थिक कारोबारलाई नियमसम्मत र पारदर्शी बनाउन २०८० भदौमा राससलाई प्यान र भ्याटमा दर्ता गरिएको छ । मलेपको सुझाव कार्यान्वयन् गरिएको छ ।

–आयमा वृद्धि : पछिल्ला वर्षमा राससको आयमा वृद्धि भएको छ । आन्तरिकतर्फ घरभाडावापत प्राप्त हुने आयलाई व्यवस्थित गर्ने प्रयत्न गरिएको छ । काकडभिट्टा, वीरगञ्ज र पोखराका घरहरु टेण्डर प्रक्रियावापत भाडामा लगाउँदा आयमा उल्लेख्य वृद्धि भएको छ भने विगतमा कायम रहेको बाँकी बक्यौता असुलउपर गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरियो ।

वजेट निर्माणमा आमसहभागिता : पछिल्ला समयमा समितिको वार्षिक वजेटलाई सञ्चालक समितिबाट अन्तिम रुप प्रदान गरिनुअघि विभिन्न विधिबाट कर्मचारीको आमसहभागिताको प्रयत्न गर्ने गरिएको छ ।

–पुराना स्ट्रिन्जरलाई बक्यौता प्रदान : विगतमा राससमा आबद्ध रही काम गरेका र हाल सेवाबाट अलग रहेका स्टिन्जंरले पारिश्रमिकवापत पाउनुपर्ने रकम कार्यालयमा बाँकी रहेको देखिन आएमा कार्यालयको अभिलेखका आधारमा त्यस्ता पुराना सहकर्मीलाई सम्पर्क गरी रकम प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

–शून्य बेरुजु : नेपालका थुप्रै सार्वजनिक निकायमा ठूलो परिमाणमा वेरुजु कायम रहेको पृष्ठभूमीमा राससमा वेरुजु फसर््योटलाइ प्राथमिकतामा राखिएको छ र पछिल्लो समयमा कार्यालय वेरुजुमुक्त हुन पुगेको छ ।

–सेवा विविधीकरण :
यस अवधीमा राससलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने नीतिअनुसार यसका सेवाहरुमा विविधीकरणको प्रयत्न गरिएको छ । यसमा निम्न कुरामा सफलता पाउन सकिएको छ

–श्रव्यदृश्य सेवाको थालनी : राससबाट श्रव्यदृश्य सेवाको प्रारम्भ २०७९ साउन १ गतेदेखि भएको छ । फिल्म क्रु नेपालसँगको प्राविधिक सहयोगमा थालिएको यो सेवा पछिल्ला दिनमा लोकप्रीय भएको पाइएको छ । यो सेवा उपयोग गर्ने ग्राहकको संख्या दिननुदिन क्रमशः बढिरहेको छ ।

– २४ सै घण्टा समाचार सेवा
अधिकारिक सूचना र समाचारमाथिको आमजनताको पहूँच सुनिश्चित गर्नुपर्ने आफ्नो दायित्व र सेवाग्राही सञ्चार माध्यमको बढ्दो मागलाई ध्यानमा राखेर राससले २०८१ भदौ १७ गतेदेखि २४सै घण्टा नेपाली समाचार प्रवाह गर्न सुरु गरेको छ ।

– मातृभाषामा समाचार सेवा
समावेशी नीतिलाई कार्यान्वयन् गर्ने सन्दर्भमा मातृभाषा पत्रकारितालाई टेवा पु-याउन राससले २०८० पुस महिनादेखि अवधी भाषामा मातृभाषा समाचार बुलेटिन प्रकाशन गर्न सुरु ग-यो ।

–‘विचार’ र ‘अन्तर्वार्ता’ सेवाः राससले आफ्नो समाचार सेवामा २०७९ साउनदेखि ‘विचार’ र ‘अन्तर्वार्ता’ सेवा थपेको छ । यी सेवाको थालनीले लेखक, पत्रकार, चिन्तक तथा विषयविज्ञका लागि आ–आफ्ना अभिमत प्रकट गर्ने ‘आउटलेट’ प्रदान गरेको छ भने राससको समाचार स्रोत विस्तार र जनसम्पर्क पहुँचमा पनि अभिवृद्धि भएको छ ।

–सामाजिक सञ्जालमा तस्वीर र श्रव्यदृश्य सामग्री : राससबाट प्रवाहित श्रव्यदृश्य सामग्री र तस्वीरलाई युट्युब र फेसबुकगायतका सामाजिक सञ्जालको माध्यमबाट प्रचारमा ल्याइँदा संस्थालाई हुने लाभहानी र यो सेवा सञ्चालन गर्ने तौरतरिकाबारे अध्ययन गर्न एक कार्यदललाई जिम्मा दिइएको थियो ।
– फेसबुकमार्फत प्रत्यक्ष प्रशारणको प्रयोग साथै पडकास्टको अवधारणा कार्यान्वयन् र परीक्षण सञ्चालन साथै एफटिपिबाट श्रव्यदृश्य समाचार सेवा सञ्चालन ।

–समाचारकक्षको आधुनिकीकरण र समाचार आर्काइभ ।

– कर्मचारी वृत्ति विकास र पदपूर्ति प्रक्रिया सुचारु ।

–सामाजिक सुरक्षा कोषमा आबद्धता र कार्यान्वयन : राससमा विगत लामो समयदेखि निम्न तहमा सवारी चालक र कार्यालय सहायकस्तरका कर्मचारीहरु सेवारत रहि आएका छन् ।

भालुवाङ, गाइघाट र हेटौंडामा जग्गा प्राप्तिको प्रयास संखुवासभामा घर निर्माणको पहल
साथै भीमदत्तनगरमा घर निर्माण ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु