global ime bank Long Banner Ad

गृहपृष्ठ पश्चिम एशियामा तनाव बढ्दै जाँदा तेलको मूल्य उकालो, ११५ डलर नाघ्यो

पश्चिम एशियामा तनाव बढ्दै जाँदा तेलको मूल्य उकालो, ११५ डलर नाघ्यो

पश्चिम एशियामा तनाव बढ्दै जाँदा तेलको मूल्य उकालो, ११५ डलर नाघ्यो

पश्चिम एशियामा जारी द्धन्द कायमै रहेका कारण एशिया क्षेत्रमा तेलको मूल्य फेरि बढेको छ । एशिया क्षेत्रले तेलको मूल्यमा फेरि वृद्धिसँगै नयाँ हप्ताको शुरुवात गरेको हो। तेलको मूल्य बढेर प्रति ब्यारेल १ सय १५ डलरभन्दा माथि पुगेको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य १ सय १५ दशमलव ८४ डलर छ । जुन २ दशमलव ९ प्रतिशतले बढेको हो । गत फेब्रअरी २८ तारिख अघि तेलको मूल्य करिब ७२ प्रति ब्यारेलमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि मूल्य निरन्तर उतारचढाव भइरहेको छ ।

गत हप्ता मार्च १९ तारिखमा प्रति ब्यारेल १ सय १८ डलरमा पुगेको थियो । गत शुक्रबार दिउँसोसम्म १ सय १२ डलर भन्दा तल थियो । इरानविरुद्धको अमेरिका–इजरायल युद्ध पाँचौं हप्तामा प्रवेश गर्दा खाडीका देशहरूले श्रृंखलाबद्ध आक्रमणका घटनाको गरेका जनाएको छ । जसमा प्रमुख औद्योगिक पूर्वाधारमा आक्रमण भएको उल्लेख छ । यूएईले अबुधाबीको एक प्रमुख आल्मुनियम प्लान्टमा इरानी आक्रमणमा अधिकांश मानिसहरू घाइते भएको बताएको छ ।

त्यस्तै, बहराइनले विश्वको सबै भन्दा ठूलो आल्मुनियम गलाउने कम्पनीमा इरानी आक्रमणबाट दुई कर्मचारी घाइते भएको जनाएको हो ।

 

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु