global ime bank Long Banner Ad

गृहपृष्ठ आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानसँग १ अर्ब २० करोड अमेरिकी डलर बराबरको नयाँ सहायता प्याकेज खुलाउने विषयमा कर्मचारी–स्तरको सहमति गरेको घोषणा गरेको छ । दक्षिण एशियाली राष्ट्र पाकिस्तान अर्जेन्टिना र युक्रेनपछि आईएमएफको सबैभन्दा ठूलो ऋणीमध्ये एक हो ।

आईएमएफले एक विज्ञप्तिमा पाकिस्तान सरकारको ‘हालै प्राप्त व्यापक आर्थिक तथा वित्तीय स्थिरतालाई जोगाउन सुदृढ र सावधानीपूर्ण आर्थिक नीतिहरू अवलम्बन गर्ने प्रतिबद्धता, साथै आर्थिक वृद्धि तीव्र बनाउन संरचनात्मक सुधारलाई गहिरो बनाउने र अस्थिर ऊर्जा मूल्यका कारण कमजोर वर्गमा पर्ने प्रभाव कम गर्न सामाजिक सुरक्षालाई सुदृढ गर्ने’ प्रयासको प्रशंसा गरेको छ ।

आईएमएफका अनुसार उक्त रकम वितरण कार्यकारी बोर्डको स्वीकृतिमा निर्भर रहनेछ ।

यो सहमति स्वीकृत भएमा पाकिस्तानले एक्सटेन्डेड फन्ड फेसिलिटी अन्तर्गत १ अर्ब डलर र रेजिलिएन्स तथा सस्टेनेबिलिटी फेसिलिटी अन्तर्गत करिब २१ करोड डलर प्राप्त गर्नेछ । रासस

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु