nmb bank

गृहपृष्ठ स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण काठमाडौँ, १३ चैतः स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्री निशा मेहताद्वारा शुक्रबार पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नवीन पौडेलररासस

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्ने धारणा धारणा राखेकी छन ।

मन्त्रालयमा आज आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा उनले स्वास्थ्यका जनशक्तिलाई हौसला नदिइँदा विदेशिने स्थिति सृजना भएको बताए । उनले भनिन, “ती जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरण मिलाउनुपर्छ, हौसला दिनुपर्छ ।”

मन्त्री मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताइन । जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमात्र परिणाम प्राप्त गर्न सकिने र जनताले भरपर्दो सेवा प्राप्त गर्ने उनको भनाइ छ ।

उनले चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमताअनुसार अवसर नपाएको बताउँदै यस्ता समस्या सुल्झाउनुपर्नेमा जोड दिइन।

प्रकाशित समय : १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु