गृहपृष्ठ प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुँदै
प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुँदै
काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुँदै छ । आज पीएम कपमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच जनकपुरमा खेल हुदैछ भने पर्सामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल हुँदै छ ।
प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।
‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २/२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ ।
एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।
प्रकाशित समय : १०:३१ बजे



















