गृहपृष्ठ रविलाई फोन गरेर अमेरिकाले दियो बधाई
रविलाई फोन गरेर अमेरिकाले दियो बधाई
प्रतिनिधिसभा निर्वाचनमा प्राप्त जीतका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अमेरिकाले बधाई दिएको छ ।
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरलेले रास्वपा सभापति रवि लामिछानेलाई बधाई दिएको अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबूकमार्फत जनाएको छ ।
‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको छ,’ दूतावासले फेसबूकमा लेखेको छ ।
‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,’ फेसबूकमा लेखिएको छ ।
प्रकाशित समय : ११:५६ बजे



















