गृहपृष्ठ प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम र कर्णाली ब्याटिङ गर्दै
प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम र कर्णाली ब्याटिङ गर्दै
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुँदैछन् । वीरगन्जस्थित नारायणी रंगशालामा मधेस प्रदेशविरुद्ध सुदूरपश्चिम भिड्दैछ भने जनकपुरस्थित रामजानकी रंगशालामा कर्णाली र कोशी प्रदेशबीच खेल हुँदैछ।
वीरगन्जमा मधेसले टस जितेर सुदूरपश्चिम प्रदेशलाई ब्याटिङको निम्तो दिएको छ। सुदूरपश्चिमका लागि राजु रिजाल र अभिषेक पालले ओपनिङ ब्याटिङ गर्दैछन् । मधेस अनिल साहको कप्तानीमा र सुदूरपश्चिम शेर मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।
प्रकाशित समय : १०:३२ बजे


















