गृहपृष्ठ ६५०० एमएएच ब्याट्री भएको भिभो वाई०५ सार्वजनिक
६५०० एमएएच ब्याट्री भएको भिभो वाई०५ सार्वजनिक
भिभोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ, जसले किफायती मूल्यमा शक्तिशाली ब्याट्री र उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दै नयाँ मानक स्थापित गरेको छ ।
भिभो वाई०५ को मुख्य आकर्षण यसको शक्तिशाली ६५०० एमएएचब्लुभोल्ट ब्याट्री हो, जसले आफ्नो श्रेणीमा दीर्घकालीन प्रयोगको नयाँमानक स्थापित गर्दछ । यो उच्च क्षमताको ब्याट्री दिनभर पटक–पटक चार्ज गरिरहनुपर्ने झन्झटलाई हटाउँदै लामो समयसम्म निरन्तर प्रयोगको सुनिश्चितता दिनका लागि डिजाइन गरिएको हो । चाहे त्यो भिडियो स्ट्रिमिङ होस्, गेमिङहोस्वा निरन्तर अनलाइन रहनुपर्ने आवश्यकता, भिभो वाई०५ तपाईंको दैनिकीसँग सहजै तालमेल मिलाउन सक्षमछ ।
अत्याधुनिक ब्याट्री प्रविधिले लामो समय सम्मस्थिर र उत्कृष्ट प्रदर्शन कायम राख्न मद्दत गर्छ, साथै ५ वर्षसम्म ब्याट्री स्वास्थ्य सुरक्षित रहने सुनिश्चित गर्दछ ।यसले प्रयोगकर्तालाई आउने वर्षहरूमा पनि आफ्नो डिभाइस पूर्ण रूपमा भरपर्दो रहने विश्वास दिलाउँछ ।
यस फोनको अर्को विशेषता भनेको यसको टिकाउपन हो । भिभो वाई०५माआईपी ६५ धुलो र पानीप्रतिरोधी क्षमता प्रदान गरिएको छ, जसले दैनिक प्रयोगमाहुने धुलो र पानीका छिटाहरूबाट सुरक्षा प्रदान गर्दछ । साथै, यसमा प्रोफेसनल एन्टी–ड्रप डिजाइन रहेको छ, जसले आकस्मिक रूपमा खस्दा हुने क्षतिबाट फोनलाई जोगाउन मद्दत गर्दछ।
प्रदर्शन र डिस्प्लेको हिसाबले पनिभिभो वाई०५ उत्कृष्ट छ । ओरिजिन ओएस ६ द्वारा सञ्चालित यो स्मार्टफोनमा १२० हर्जको स्मूथ डिस्प्ले रहेको छ, जसले स्क्रोलिङ र प्रयोग अनुभवलाई अझ सहज बनाउँछ ।यसको १२०० निट्स पिक ब्राइटनेसले चर्को घाममा पनिस्क्रिन स्पष्ट रूपमा देखिने सुनिश्चित गर्दछ ।मनोरञ्जन अनुभवलाई अझमाथि उठाउन, यस डिभाइसमा २०० % भोल्युम बूस्ट प्रदान गरिएको छ, जसले अझ शक्तिशाली र इमर्सिभ अडियो अनुभव दिन्छ ।
भिभो वाई०५ विभिन्न आवश्यकता र बजेटलाई ध्यानमा राख्दै दुई भेरियन्टमा उपलब्ध हुनेछ। ४ जीबी + ६४ जीबीको मूल्य १६,९९९ तोकिएको छ भने ४ जीबी+ १२८ जीबीको मूल्य १९,४९९ निर्धारण गरिएको छ। यो स्मार्टफोन मार्च २५, २०२६ देखि नेपालभरका आधिकारिक रिटेल स्टोरहरू तथा दाराजमार्फत उपलब्धहुनेछ ।
प्रकाशित समय : १२:४८ बजे



















