nmb bank

गृहपृष्ठ पूर्वप्रधानाध्यपक जोशीको स्मृतिमा पुस्तकालय स्थापना

पूर्वप्रधानाध्यपक जोशीको स्मृतिमा पुस्तकालय स्थापना

पूर्वप्रधानाध्यपक जोशीको स्मृतिमा पुस्तकालय स्थापना

बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रसाद जोशीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकाहरूलाई सहयोग पुग्ने सो विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीले बताए । पुस्तकालय स्थापनाले पठन संस्कृतिको विकास हुने र सृजनात्मक अभ्यासका लागि सहयोग पुग्ने उनको भनाइ छ ।

जोशीका परिवारको समन्वय तथा नेपाल मेडन जर्मनीको आंशिक आर्थिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । पाटन नगरपालिका–६ टुँडिखाड घर भएका जोशीले लामो समयसम्म कृष्ण माविमा प्रधानाध्यापकको भूमिका निर्वाह गरेका थिए ।

पठन संस्कृतिको विकासका लागि विद्यालयमा पुस्तकालयको स्थापना गरिएको नेपाल मेड जर्मनीका प्रतिनिधि एवं स्वर्गीय जोशीका कान्छा छोरा महेन्द्र जोशीले बताए ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु