काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा

3.76K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । फागुन २१ को निर्वाचन परिणामले स्तब्ध बनाएको जनाउँदै उनले पदबाट राजीनामा गरेको जनाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै डा. लोहनीले पार्टीका जिम्मेवार पदाधिकारीले मार्गप्रशस्त गर्नुपर्ने समेत माग गरेका छन् ।

विज्ञप्तीमा उनले महाधिवेशनबाट पुनः माग हुने अवस्था नआएसम्म पदबाट हट्न उचित हुने समेत उल्लेख गरेका छन् । आन्तरिक र विभिन्न कारणले निर्वाचनको नतिजा प्रतिकूल आएको बताउँदै नैतिक र जनभावनाको कदर गर्दै जिम्मेवारीबाट अलग हुनपर्ने बताएका छन्।