global ime bank Long Banner Ad

गृहपृष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ‘ग्लोवल मनी वीक २०२६’ को अवसरमा नेपालका विभिन्न प्रदेशहरूमा र्याली आयोजना गर्नुका साथै विद्यार्थी तथा विभिन्न साना तथा मझौला व्यापारीहरु र आमा समूहहरुका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक संचालन गरेकाे छ ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरू तथा विभिन्न साना तथा मझौला व्यापारीहरु र आमा समुहरुलाई बचत, लगानी, बजेट व्यवस्थापन तथा जिम्मेवार वित्तीय व्यवहार सम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको छ । कार्यक्रममा सहभागीहरुलाई वित्तीय योजना, डिजिटल बैंकिङको प्रयोग, तथा भविष्यका लागि आर्थिक रूपमा सुदृढ बन्न आवश्यक सीपहरूबारे जानकारी प्रदान गरिएको छ ।

सो कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले वित्तीय साक्षरताको महत्वबारे प्रकाश पार्दै युवा पुस्तालाई प्रारम्भिक चरणदेखि नै वित्तीय अनुशासन अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु