गृहपृष्ठ नेप्से परिसूचक करिब १४ अंकले बढ्यो
नेप्से परिसूचक करिब १४ अंकले बढ्यो
साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक १३.९३ अंकले बढेर २८९०.९७ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा १३० वटा स्क्रिप्सको २ लाख २७ हजार ६१४ कित्ता सेयर ९ करोड ३ लाख ५ हजार ५३८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ८३ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो।
प्रकाशित समय : ११:३२ बजे



















