काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पशु बजारबाट २१८ किलो गाँजासहित ट्रयाक्टर नियन्त्रणमा

1.64K
shares

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशु बजारबाट सशस्त्र प्रहरी बलको टोलीले २१८ किलो गाँजासहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे१त ५७१४ नम्बरको ट्रयाक्टरमा परालले छोपी लैजाँदै गरेको २२ वटा पोकामा रहेको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो ।

गाँजा ल्याउने व्यक्ति तथा ट्रयाक्टर चालक गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ ट्रयाक्टर तथा गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा तथा ट्याक्टर आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।