global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सिन्धुपाल्चोकमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो

सिन्धुपाल्चोकमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो

सिन्धुपाल्चोकमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो

काठमाडौं। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ फरक–फरक दलले जित हात पारे पनि समानुपातिक मत परिणाममा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो शक्तिका रूपमा देखिएको छ।

जिल्लाका दुई प्रतिनिधि सभा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुली निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल विजयी भएका थिए। तर समानुपातिक मत परिणामलाई हेर्दा भने दुवै क्षेत्रमा रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

क्षेत्र नम्बर १

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुलीले प्रत्यक्षतर्फ २४ हजार ४१३ मत प्राप्त गरेर विजयी भएका थिए। समानुपातिकतर्फ भने रास्वपाले यस क्षेत्रमा २७ हजार ५२५ मत प्राप्त गरेको छ, जुन प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मतभन्दा पनि बढी हो।

यसै क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटाले प्रत्यक्षतर्फ १७ हजार ३२७ मत पाएका थिए। तर समानुपातिकतर्फ भने नेकपाले १२ हजार ५४२ मत मात्रै प्राप्त गरेको छ।

नेकपा एमालेका उम्मेदवार सरेश नेपालले प्रत्यक्षतर्फ ११ हजार ९७१ मत ल्याएका थिए भने समानुपातिकतर्फ एमालेले १० हजार २२५ मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर तामाङले प्रत्यक्षतर्फ ११ हजार २१३ मत प्राप्त गर्दा समानुपातिकतर्फ कांग्रेसले ९ हजार ६२८ मत पाएको छ।

क्षेत्र नम्बर २

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल २१ हजार ६९९ मतसहित विजयी भएका थिए। तर समानुपातिक मत परिणाममा भने यस क्षेत्रमा पनि रास्वपा पहिलो बनेको छ।

यस क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले २७ हजार ५२५ मत प्राप्त गरेको छ। जबकि प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार भलक श्रेष्ठले १४ हजार १९ मत मात्रै पाएका थिए।

नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले प्रत्यक्षतर्फ १९ हजार १४६ मत प्राप्त गरेका थिए भने समानुपातिकतर्फ कांग्रेसले ९ हजार ६२८ मत मात्रै पाएको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले प्रत्यक्षतर्फ १५ हजार ९२६ मत ल्याएका थिए भने समानुपातिकतर्फ एमालेले १० हजार २५५ मत प्राप्त गरेको छ।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु