मुगु । राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायम रहेको छ । कनकासुन्दरी, सिंजा, हिमा, तिला, तातोपानी र चन्दननाथ– १ र २ नम्बर वडा गरी २४ हजार ७७७ मत गणना गर्दा उम्मेदवारी शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।