गृहपृष्ठ स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी
स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी
वालिङ । स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएको छ ।
शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भयो । उनले १८ हजार ८५७ मत प्राप्त गरे । नेकपा ९एमाले० का मीनप्रसाद गुरुङ तेस्रो भएको छ । उनले १६ हजार ८०४ मत प्राप्त गरेको हो ।
स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।
प्रकाशित समय : ०७:४० बजे



















