रुपन्देही–४ मा एमाले उम्मेदवार यादवको अग्रता
वि.सं.२०८२ फागुन २२ शुक्रवार १३:४२
shares

रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव अगाडि छन ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ १८ हजार ४३७ मतगणना हुँदा यादवले पाँच हजार ५९७ मत प्राप्त गरेका छन ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले चार हजार ६२०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैया बानियाँले चार हजार ५४८ प्राप्त गरेका छन । यसैगरी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले एक हजार ६१९ मत प्राप्त गरेका छन । यहाँ एक हजार ३५ मत बदर भएको छ ।

























