काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनसरीमा ६४ प्रतिशत मत खस्यो

2.81K
shares

इनरुवा । सुनसरीमा शन्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शन्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । जिल्लामा पाँच लाख ८० हजार ९४५ मतदातामध्ये तीन लाख ६९ हजार ६०० मत खसेको छ । यो कूल मतको ६४ प्रतिशत हो ।

निर्वाचन क्षेत्र १ मा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ भने निर्वाचन क्षेत्र–२ मा एक लाख ५८ हजार ९०१ मतदातामध्ये एक लाख एक हजार चार मत खसेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी, निर्वाचन क्षेत्र–३ मा एक लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ मत खसेको र निर्वाचन क्षेत्र–४ मा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको उहाँले जानकारी दिए ।

मतपेटिका आउने क्रम सुरु भएकाले मतपेटिका आएसँगै सर्वदलीय बैठकपछि मतगणना सुरु हुने निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । मतगणनाका लागि सुरक्षा व्यवस्था कडा मिलाइएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।