global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाको आभार व्यक्त

प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाको आभार व्यक्त

प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाको आभार व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक वक्तव्य जारी गर्दै मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रप्रति नेपाली जनताको निष्ठा र प्रतिबद्धता पुनः स्पष्ट भएको बताएका छन् ।
थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार व्यक्त गरेका छन् ।

उनले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन् । थापाका अनुसार मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास पुष्टि गरेको छ भने अर्कोतर्फ राजनीतिक दलहरू र आगामी सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने जिम्मेवारी अझ बढाएको छ ।

थापाले अधिकांश स्थानमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै केही निर्वाचन क्षेत्रमा भएका घटनाबाहेक समग्र रूपमा निर्वाचन सफल भएको बताएका छन् । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेको भन्दै सरकार तथा निर्वाचन आयोग नेपाल लाई विशेष धन्यवाद दिएका छन् ।

साथै, निर्वाचन प्रक्रियामा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलहरू, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि उनले आभार प्रकट गरेका छन् ।

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु