गृहपृष्ठ ह्याकरको निशानामा परेको रवि लामिछानेको फेसबुक पेज फिर्ता
ह्याकरको निशानामा परेको रवि लामिछानेको फेसबुक पेज फिर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज फिर्ता आएको छ । मंगलबार बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच (ह्याकिङ) को प्रयास गरेपछि सुरक्षा संवेदनशीलताका कारण मेटाले ‘लक’ गरिदिएको उनको पेज पुन: सञ्चालनमा आएको हो ।
बुधबारदेखि एक पोस्ट गर्दै लामिछानेले आफ्नो फेसबुक पेज पुनः नियन्त्रणमा आएको जानकारी दिए । “पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्तत:मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु,” उनले लेखेका छन् ।
प्रकाशित समय : १८:३८ बजे



















